Dhulikhel Eco Banner new

‘स्मार्ट मनी टक्स’ अभियानसहित प्रभु बैंकको प्रभातफेरी सम्पन्न

3K
shares

काठमाडौं, ६ चैत । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ नारासहित “ग्लोबल मनि विक–२०२६” अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम कमलादी शाखाको आयोजनामा सम्पन्न भएको हो।

र्‍याली कमलादीस्थित बैंक शाखाबाट सुरु भई दरबारमार्ग र कमलपोखरी चोक हुँदै पुनः कमलादीमै पुगेर समापन गरिएको थियो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित उच्च व्यवस्थापन र कर्मचारीहरूको सहभागिता रहेको थियो।

‘स्मार्ट मनी टक्स’ नारासहित वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सन्देशमूलक प्लेकार्ड र ब्यानर प्रदर्शन गरिएको थियो।

प्रभु बैंकले देशभर ३१२ शाखा, ३१० एटीएम र ७१ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल मन्त्रसहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।