Dhulikhel Eco Banner new

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल को २९ सदस्यीय नयाँ कार्यसमिति गठन

2.59K
shares

काठमाडौं, ९ चैत । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन गरिएको छ।

अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) को दफा २०.७ बमोजिम नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। यसअघि २०८२ पुस २५ गते काठमाडौं मा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरी कार्यसमिति गठन गरिएको नाडाले जनाएको छ।

नयाँ कार्यसमितिमा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्।

त्यसैगरी संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई चयन भएका छन्। उपाध्यक्षहरूमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्।

महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।

संस्थागत सदस्यतर्फ प्रदेश सदस्यमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्।

साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।

त्यसैगरी अध्यक्षद्वारा मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्।

यसैबीच, अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेका छन्। उक्त कार्यक्रममा संस्थाको भावी कार्यदिशा, अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था र चुनौतीबारे छलफल भएको जनाइएको छ।