Dhulikhel Eco Banner new

नेप्सेमा सूचीकृत भयो रिलायबल समृद्धि योजना

559
shares

काठमाडौं, २२ साउन । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धनमा तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक एवं डिपोजिटरी रहेको “रिलायबल सामूहिक लगानीकोष” अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू २०८३ साल साउन २२ गते नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत भएका छन्।

नेपाल धितोपत्र बोर्डबाट २०८३ साल वैशाख ३ गते सार्वजनिक निष्कासनको स्वीकृति प्राप्त गरेको उक्त बन्दमुखी सामूहिक लगानी कोषको इकाइहरूको अन्तिम बाँडफाँट २०८३ साल असार ४ गते सम्पन्न भएको थियो। कुल १२ करोड ५० लाख इकाइ रहेको योजनाको प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ रहेको छ भने कोषको कुल आकार १ अर्ब २५ करोड रुपैयाँ रहेको छ। योजनाको अवधि १० वर्ष निर्धारण गरिएको छ।

नेप्सेमा सूचीकृत भएका योजनाका इकाइहरूको दोस्रो बजारमा कारोबार २०८३ साल साउन २५ गतेदेखि सुरु हुने जनाइएको छ।

रिलायबल समृद्धि योजना–२ ले व्यावसायिक कोष व्यवस्थापनमार्फत लगानीकर्तालाई दीर्घकालीन पुँजी वृद्धि, जोखिम व्यवस्थापन तथा सन्तुलित प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको योजना व्यवस्थापकले जनाएको छ। कम्पनीका अनुसार यस योजनाले लगानीकर्तालाई विविधीकृत लगानीमार्फत दीर्घकालीन मूल्य सिर्जना गर्ने अपेक्षा गरिएको छ।