पेवेल नेपालको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त
वि.सं.२०७९ भदौ ८ बुधवार १६:३५
shares

काठमाडौं, ८ भदौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ समेत गराएका छन् ।
बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा दुई दशक लामो अनुभव सम्हालेका तिमिल्सिना तत्कालीन अरनिको विकास बैंकको सञ्चालकको भूमिका समेत निर्वाह गरेका थिए । उनी हाल चिलिमे जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सञ्चालक र भेन्चर क्यापिटल प्रा.लि को कार्यकारी अध्यक्षका रुपमा रहेका छन् ।
सन् २०१९ मा स्थापना भएको पेवेल नेपालबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहरको महसुल तिर्न सकिनेछ । आन्तरिक हवाई टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी समय यसबाट गर्न सकिन्छ ।
विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिन्छ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आइपिएसबाट रकम जम्मा गर्न सकिन्छ ।
पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिने छ । यस कम्पनीले छिट्टै वालेटको परिमार्जित भर्सन निकाल्दै छ । जुन प्रयोगकर्तामैत्री हुने कम्पनीले जनाएको छ ।


















