GBIME

दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

1.03K
shares

काठमाडौं, ६ माघ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्ने १०० अंकित दरले ३९,५०,००,००० रकम बराबरको ३९,५०,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम हाइड्रोपावरको इनर्जी लिमिडेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।