Mangaldeep Aagarbatti
GBIME

आईपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त,क–कस्ले आवेदन दिन पाउने ?

912
shares

काठमाडौं, ६ माघ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडल आईपीओ जारी गर्ने भएको छ ।कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने लागेको हो ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १६ माघदेखि १ फागुनसम्म र सर्वसाधारणलाई ११ फागुनदेखि १५ फागुनसम्म आईपीओ निष्काशन हुने कम्पनीको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमो आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी सिंगल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यको स्वीकृति लिएका बैंक तथा वित्तीय संस्था र मरो सेयर मार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।

National life Banner
Dhulikhel Eco Resort 1200*100