GBIME

लाभांश पारित गर्न रिडी पावरले बोलायो साधारणसभा

978
shares

काठमाडौं, ६ माघ । रिडी पावर कम्पनी लिमिटेडले २१औं वार्षिक साधारणसभा माघ २९ गते गर्ने भएको छ । सभा इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीले साझा पावर डेभलपमेण्ट प्राईभेट लिमिटेडको सम्पूर्ण शेयर खरीद गर्ने र कम्पनीको नाममा रहेका पुराना सवारी साधन मेसिनरी विक्री गर्ने वा भाडामा दिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा माघ १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।