एनएमबि लघुवित्त वित्तीय संस्थाका अध्यक्षले दिए राजीनामा
वि.सं.२०८१ असार १३ बिहीवार १३:५९
3.93K
shares
shares

काठमाडौं, १३ असार । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समितिका अध्यक्ष डा.मधुसूदन अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
अधिकारीले आफ्नो व्यस्तताका कारण देखाउँदै पदमा निरन्तरता दिन असमर्थ रहेको बताउँदै केही दिन अघि मात्र सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका थिए ।
असार १२ गते बसेको सञ्चालक समितिको १६१औँ बैठकले डा.अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।















