Dhulikhel Eco Banner new

काइयी नेपालद्वारा ‘एक्सचेन्ज महोत्सव २०८२’ सुरु हुँदै, थापाथलीमा तीनदिने भव्य कार्यक्रम

2.82K
shares

काठमाडौं, २४ वैशाख । काइयी नेपालले थापाथलीस्थित सवारी प्रदर्शनी कक्ष नजिकै ‘काइयी एक्सचेन्ज महोत्सव २०८२’ आयोजना गर्ने घोषणा गरेको छ। वैशाख २६ गतेदेखि २८ गतेसम्म चल्ने यस तीनदिने कार्यक्रम विशेष छुट र सुविधासहित सम्पन्न हुने भएको हो।

कम्पनीका अनुसार, ग्राहकले जुनसुकै कम्पनीको पुरानो सवारी साधन ल्याई मूल्यांकन गराउन सक्नेछन्। मूल्यांकन गराउने सबैलाई दुई जनाका लागि चलचित्र टिकट निःशुल्क प्रदान गरिनेछ। साथै, सवारी साधनको उचित मूल्यांकन, नगद छुट, बीमा तथा सवारी करको सम्पूर्ण खर्च, र साटासाट बोनस पनि दिइनेछ।

यस महोत्सवमा काइयीका तीन प्रमुख विद्युतीय सवारी साधनहरू — इ–क्युट ०२, इ–क्युट ०४ र एक्स३ प्रो — मुख्य आकर्षणका रूपमा रहने कम्पनीले जनाएको छ। सवारी साधन बुकिङ गर्ने सेवाग्राहीलाई इ(क्युट सँग सवारी धुने यन्त्र र एक्स३ प्रो सँग लुगा धुने यन्त्र उपहार दिइने जनाएको छ।

एक्स३ प्रो गाडीको सुरुवाती मूल्य ४३ लाख ९६ हजार रूपैयाँबाट सुरु हुने र यसमा ६ लाख ५ हजार रूपैयाँसम्मको लाभ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

महोत्सवमा बालबालिकादेखि वृद्धसम्म सबै उमेर समूहलाई लक्षित गरी संगीत, रमाइलो खेल, खाना र मनोरञ्जनको व्यवस्था गरिएको छ। काइयी नेपालले यो कार्यक्रम सस्तो, सफा र प्रविधिमैत्री विद्युतीय सवारीप्रति आम नागरिकको रुचि बढाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ।

काइयी नेपालले सबै परिवार, सवारी प्रेमीहरू र नयाँ सवारी खरिद गर्ने इच्छुक व्यक्तिहरूलाई यस महोत्सवमा सहभागी भई नवप्रवर्तन र उत्सवको अनुभव लिन आग्रह गरेको छ।