Dhulikhel Eco Banner new

केई र्यालीः ग्राहकहरूसँगको रमाइलो नगर्कोट यात्रा सम्पन्न

3.32K
shares

काठमाडौं, २५ कात्तिक । जी.ओ. अटोमोबाइल्स प्रा.लि. र लक्ष्मी ई–मोबिलिटी, केई नेपालका आधिकारिक आयातकर्ताले “केई ग्राहक भेट र्याली” सम्पन्न गरेका छन्। र्यालीमा केई प्रयोगकर्ताहरूले थापाथलीबाट नगर्कोटस्थित क्लब हिमालयसम्मको रमाइलो र अर्थपूर्ण यात्रा गरेका छन्।

कार्यक्रममा ५६ वटा केई गाडी र १९३ जना सहभागी मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरसहित सहभागी थिए। यस र्यालीको उद्देश्य केई ग्राहकहरूबीचको सम्बन्ध मजबुत बनाउनु र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

नगर्कोट पुगेपछि सहभागीहरूलाई स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र तथा भेटघाटका अवसरहरू प्रदान गरिएको थियो। कार्यक्रममा सडक सुरक्षा र स्वास्थ्य सचेतनासम्बन्धी सीपीआर तालिम पनि दिइएको थियो, जसमा स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने व्यावहारिक प्रशिक्षण दिएका थिए।

कार्यक्रम मनोरञ्जनात्मक खेल, समूहगत क्रियाकलाप र सांगीतिक माहोलबीच सम्पन्न भएको थियो। केईले यस पहलमार्फत ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। कम्पनीले आगामी दिनहरूमा अझ आकर्षक र ग्राहकमुखी कार्यक्रमहरू ल्याउने योजना समेत गरेको छ।