Dhulikhel Eco Banner new

निजामती सेवा दिवस मनाइँदै

377
shares

काठमाडौं, २२ भदौ । आज निजामती सेवा दिवस मनाइँदै छ । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै छन् ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विसं २०१२ भदौ २२ गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ ।

निजामती सेवाको मूल्य–मान्यता, नैतिकता, आदर्श, सदाचारिता, चरित्र, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिइन्छ ।