Dhulikhel Eco Banner new

एसईई रिजल्ट एनआईसी एशियाको वेबसाइटमै पनि हेर्न सकिने

12.32K
shares

काठमाडौं, २१ असार । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा एनआईशी एशिया बैंकको वेबसाइबाट समेत हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले १९ संस्थालाई नतिजा प्रकाशन अनुमति दिएको छ । जसमध्ये एक एनआईशी एशिया बैंक समेत हो ।

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

नेपाल टेलिकमबाट एसएमएस र आइभिआरबाट १६०० सर्टकोड प्रयोग गरी, जनकी टेक्नोलोजी प्रा.लिबाट एसएमएस ३५००१ सर्टकोड प्रयोग गरी, इजी सर्भिस प्रा.लिबाट एसएमएस ३४९४९ सर्टकोड प्रयोग गरी, आकाश टेक प्रा.लिबाट एसएमएस ३१००३ सर्टकोड प्रयोग गरी र क्रियसन सफ्ट नेपाल प्रा.लिबाट एसएमएस ३१०६४ सर्टकोड प्रयोग गरी नतिजा हेर्न सकिन्छ ।

कुन वेबसाइटमा हेर्ने नतिजा ?

www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, https//:see.nicasiabank.com, www.seeedusanjal.com, www.ekantipur.com, www.theconnectplus.com, https//:khalti.com/app, www.nimaacademy.com, https//:mypay.com np, www.nepaleducationprotal.com, www.aayoresult.com, www.results.com, www.matraeducation.com,  www.tuteline.com बाट नतिजा प्राप्त गर्न सक्नेछन् ।