Dhulikhel Eco Banner new

नेपाल विद्युत प्राधिकरणले जेन–जी सहिद परिवारका २७ सदस्यलाई रोजगारीको अवसर प्रदान गर्ने

4.03K
shares

काठमाडौं, १५ चैत । नेपाल विद्युत प्राधिकरणले जेन–जी सहिद परिवारका सदस्यहरूलाई रोजगारी प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले रोजगारीका लागि प्राप्त निवेदनको आधारमा जेन–जी सहिद परिवारका २७ जनाको नाम सार्वजनिक गर्दै सोसँग सम्पर्क गर्न आग्रह गरेको छ।

जेन–जी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहात सहायता उपलब्ध गराउने कार्यविधि, २०८२ को बुँदा ११ अनुसार सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी सुविधा प्रदान गरिने व्यवस्था छ। यसै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जेन–जी सहिद परिवारका सदस्यहरूले रोजगारीका लागि निवेदन पेस गरेका थिए।

प्राधिकरणले जनाएको छ कि, २७ जनाबाहेक अरु कसैले रोजगारीका लागि हकदाबी गर्नुपर्ने भएमा, यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रमाणसहित प्राधिकरणको काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सक्नेछन्।