Dhulikhel Eco Banner new

बाराही हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

5.08K
shares

काठमाडौं, १८ कात्तिक । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीका लागि कात्तिक ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद कात्तिक २५ गतेसम्म लम्बिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीका लागि बिक्री खुला गरेको थियो । शेयरमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयहरुले मात्रै आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।