Dhulikhel Eco Banner new

आज ७६० जनामा कोरोना संक्रमण, ५ हजार नाघ्यो सक्रिय संक्रमितको संख्या

4.6K
shares

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २ हजार ५८९ पीसीआर परीक्षणमा ४९४ र ३ हजार ३३७ एन्टीजेन परीक्षणमा २६६ जना संक्रमित फेला परेका छन् ।

२४ घण्टामा ३२४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ पुगेको मन्त्रालयले जनाएको छ ।