Dhulikhel Eco Banner new

सञ्चार सम्बन्धी नयाँ कानून र संरचना निर्माणमा सहकार्य हुनेछ : प्रधानमन्त्री दाहाल

4.36K
shares

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माण तथा सञ्चार क्षेत्रको समस्या समाधानका लागि सरोकारवाला पक्षसँग व्यापक छलफल गर्न वातावरण बनाउने बताएका छन् ।

आइतबार ८ औं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा प्रधानमन्त्री दाहालले सञ्चारकर्मी र आम जनसमुदायलाई शुभकामना दिदै सञ्चार क्षेत्रको पुनर्संरचना, संरचना निर्माण र सञ्चार क्षेत्रको समस्या समाधानका लागि छलफल गर्ने बताए ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘८औं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्बन्धी नयाँ कानून निर्माणका साथै सञ्चार क्षेत्रको समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस् ।’

नेपालको सबैभन्दा जेठो सञ्चारमाध्यम गोरखापत्र स्थापनाको अवसर पारेर सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारीता दिवसको रुपमा मनाउँदै आएको छ । ‘आठौँ राष्ट्रिय पत्रकारिता दिवस’ आइतबार विविध कार्यक्रम गरि मनाइँदैछ ।