GBIME

एक द्वार विज्ञापन प्रणाली लागू गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

846
shares

काठमाडौं, २४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक द्वार समानुपातिक विज्ञापन प्रणाली व्यवस्थित गर्न नियमावली निर्माण कार्यमा सरकार लागि परेको बताएकी छिन् ।

आठौं राष्ट्रिय पत्रिकारिता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री शर्माले आम सञ्चार माध्यमलाई राष्ट्रिय उद्योग सरहको मान्याता दिने बिषयमा पनि सरकार गृहकार्यमा रहेको बताएकी छिन् । कानूनको प्रभावकारी कार्यन्वयन, असान्दर्भिक कानूनको पुनरावलोकन, आवश्यक कानून निर्माण र सोही अनुसार कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री शर्माले शुभकामना सन्देशमा भनेकी छिन् ।

उनले भनेकी छिन्,‘आम सञ्चार माध्यमलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेको एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउने लगायतको काम भइसकेको छ । अन्य कानून निर्माणको चरणमा छ। कानूनको प्रभावकारी कार्यन्वयन, असान्दर्भिक कानूनको पुनरावलोकन, आवश्यक कानून निर्माण र सोही अनुसार कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिवद्ध छ ।’