अर्थतन्त्रका बाह्य सूचकमा व्यापक सुधार, आन्तरिक अवस्था पनि सहज बन्दै
वि.सं.२०८० वैशाख २४ आइतवार ०८:०१
shares

काठमाडौं, २२ वैशाख । नेपालको अर्थतन्त्रका विषयमा पछिल्लो समय निकै चर्चा भइरहन्छ । अर्थतन्त्र पुनरुत्थानका विषयमा निकै चासो व्यक्त भइरहेका बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भने अर्थतन्त्रमा सकारात्मक सुधार देखिएको बताएको छ । कोषले सोमबार जारी गरेको आर्टिकल फोर प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्र विस्तारै सुधार हुने बाटोमा रहेको बताएको हो ।
कोभिडपछिको आर्थिक पुनरुत्थान बलियो रहेको भन्दै आईएमएफले सार्वजनिक रुपमै भनेको छ । एक वर्ष यता नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको दवाव थियो । बाह्य क्षेत्र दवावमा हुँदा अर्थतन्त्रलाई निकै गाह्रो परेको थियो । आईएमएफले राज्यले लिएका नीतिका कारण अहिले बाह्यक्षेत्र निकै राम्रो अवस्थामा रहेको बताएको छ ।
बाह्य क्षेत्र राम्रो सुधार आउनुको कारण कसिलो मौद्रिक नीति भएको आइएमएफको उल्लेख छ । मुलुकका बाह्य सूचक सकारात्मक अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा कमी आएकाले अर्थतन्त्रमा चुनौती भने कायमै रहेको आईएमएफको भनाइ छ ।

















