नयाँ आर्थिक वर्षको सुरुसँगै यी वस्तु आयातमा प्रतिबन्ध
वि.सं.२०७९ साउन १ आइतवार ११:४४
shares

काठमाडौं, १ साउन । नयाँ आर्थिक वर्ष २०७९/०८० आइतबारदेखि सुरु भएको छ । नयाँ आर्थिक वर्षको बजेटले विभिन्न वस्तुको आयातमा कडाइ तथा प्रतिबन्ध लगाउने व्यवस्था गरे अनुसार नयाँ आर्थिक वर्षको सुरुवातसँगै विभिन्न वस्तुको आयातमा कडाइ गरिएको छ ।
नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले विभिन्न किसिमका सवारी आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले एम्बुलेन्स बाहेकका जिप, कार, भ्यान आयातमा प्रतिबन्ध लगाएको छ । त्यस्तै २५० सी.सी भन्दा माथिका मोटरसाइकल, ६०० डलरभन्दा माथिका मोबाइल फोनहरु आयातमा प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै सबै प्रकारका खेलौना, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, चुरोट तथा सुर्तीजन्य पदार्थमा प्रतिवन्ध लगाएको छ । चुरोट तथा सुर्ती जन्य वस्तुको कच्चा पदार्थको आयातमा भने रोकावट छैन् । सबै प्रकारका तयारी मदिरा, कुरकुरे, लेज, कुरमुरे जस्तै उत्पादनमा प्रतिबन्ध लगाएको हो ।
त्यस्तै औद्योगिक क्षेत्रको कच्चा पदार्थका रुपमा प्रयोग हुने बाहेक हिरा आयातमा समेत नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रतिबन्ध लागेको हो ।

















