Dhulikhel Eco Banner new

बेसहारा बालबालिकालाई पढाउन महायज्ञ

4.91K
shares

टीकापुर कैलाली, ९ वैशाखः बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शङ्करपुरमा महायज्ञ आयोजना गरिएको छ ।

महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “सबै बालबालिकाको अभिभावक सरकार हो, प्रदेश सरकारले स्थानीयस्तरमा यहाँहरूले थालेका काममा सघाउनेछ”, उनले भने, “मेरो व्यक्तिगत सहयोग पनि रहनेछ ।”

महायज्ञबाट सङ्कलित रकम शङ्करपुरस्थित पशुपतिनाथ आधारभूत विद्यालयको स्तरोन्नतिमा पनि खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विश्व शान्तिका लागि साझा अभियान नेपालका प्रबन्धक गोपाल विकले बताएका छन् । उनले विद्यालयको विकास र समुदायका असहाय, विपन्न बालबालिकाको आवासीय शिक्षाका लागि ‘पशुपतिनाथ शैक्षिक तथा धार्मिक सप्ताह ज्ञान महायज्ञ’ आयोजना गरिएको बताएका छन् ।