Dhulikhel Eco Banner new

बीमा प्राधिकरणद्वारा सलिको र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकरलाई कारबाही

1.78K
shares

काठमाडौं, २४ वैशाख । नेपाल बीमा प्राधिकरणले नियम उल्लंघन गरेको भन्दै दुई संस्थामाथि कारबाही गर्दै जरिवाना गरेको छ। प्राधिकरणले पुनर्बीमा दलाल सेवा प्रदान गर्दै आएको लर्ड बुद्ध पुनर्बीमा दलाल प्रालि तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड माथि कारबाही गरेको जनाएको हो ।

प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘सम्पत्ति बीमा निर्देशन, २०८०’ को दफा २५९२० विपरीत कार्य गरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (४) को खण्ड .क) बमोजिम पहिलो पटक दुई लाख रुपैयाँ जरिवाना गरिएको हो।

त्यस्तै, लर्ड बुद्ध पुनर्बीमा दलाल प्रालिले ‘पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८’ को दफा १५ उपदफा (१) र (२) मा उल्लेखित व्यवस्था पालना नगरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ उपदफा (६) को खण्ड (क) बमोजिम कारबाही गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले उक्त कम्पनीलाई पहिलो पटक गल्ती भएकाले पाँच हजार रुपैयाँ नगद जरिवाना गर्नुका साथै आगामी दिनमा निर्देशिका तथा कानुनी व्यवस्था पूर्णरूपमा पालना गर्न सचेत समेत गराएको छ।