Dhulikhel Eco Banner new

सेवा शुल्कको एक तिहाइ रकम बीमा विकास कोषमा जम्मा गर्नु पर्ने

बीमा समिति प्राधिकरणमा रुपान्तरण

5.23K
shares

काठमाडौं, २९ साउन । लामो रस्साकस्की पछि संघीय संसदबाट बीमा विधेयक २०७९ पास भएको छ । करिब ४ वर्ष लामो पतिक्षापछि आइतबार संसदबाट यो विधेयक पारित भएको हो ।

संसदबाट विधेयक पास भएसँगै अब बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने भएको छ । विधेयकमा नै बीमा प्राधिकरण हुने उल्लेख गरिएकोले राष्ट्रिय सभाबाट पारित भएर आए पछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने बीमा समितिका कार्याकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार आज पारित भएको बीमा विधेयकले जरिमानको दायर पनि बढाउने पौडेलको भनाइ छ ।

यो विधेयक २०७५ सालमा असारमा संसदमा पेश भएको थियो । यो विधेयक माथि यस अघि संसदको अर्थ समितिमा लामो समय छलफल भएको थियो । यो विधेयक पारित भएपछि सेवा शूल्कको एक तिहाई रकम बीमा विकास कोशमा जम्मा गर्नु पर्ने नयाँ प्रावधान थप गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।