Dhulikhel Eco Banner new

बीमा समितिबाटै बीमा कम्पनीलाई धम्कीपूर्ण व्यवहार, गोप्य उजुरी गर्न अध्यक्षको आग्रह

7.87K
shares

काठमाडौं, १५ भदौ । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका कर्मचारीहरुले बीमा कम्पनीहरुलाई धम्कीपूर्ण व्यवहार गर्ने गरेको पाइएको छ । सेवा प्रवाहका क्रममा समितिका कर्मचारीहरुले बीमा कम्पनीका कर्मचारीहरुलाई धम्कीपूर्ण व्यवहार गर्ने गरेको समिति आफैले स्वीकार गरेको छ ।

समितिबाट स्थलगत निरीक्षणमा खटिएका कर्मचारीहरुले अमर्यादित, अनुशासनहीन र धम्कीपूर्ण व्यबहार गर्ने गरेको गुनासाहरु आउने गरेका छन् । यस्ता गुनासाहरु समितिमा समेत आउने गरेको भन्दै कार्यकारी निर्देशक राजुरमण पौडेलले उजुरी गर्न अनुरोध गर्दै सबै बीमा कम्पनीहरुमा पत्राचार गरेका छन् ।

गोप्य रुपमा अध्यक्षलाई सम्वोधन गरेर उजुरी गरिए आफ्ना कर्मचारीहरुलाई कारबाही गर्ने कार्यकारी निर्देशक पौडेलले पठाएको पत्रमा उल्लेख गरिएको छ ।