GBIME

बीमा समिति प्राधिकरणमा रुपान्तरण हुँदै

3.07K
shares

काठमाडौं, २१ कात्तिक । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति भोलि (मंगलबार)देखि प्राधिकरणमा रुपान्तरण हुने भएको छ । सरकारले ल्याएको नयाँ बीमा ऐनमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने उल्लेख गरिएको छ । जस अनुसार अब समिति प्राधिकरणमा रुपान्तरण भएको हो ।

सरकारले ल्याएको नयाँ बीमा ऐन, २०७९ राष्ट्रपतिबाट असोज २३ गते प्रमाणीकरण भएको थियो । प्रमाणिकरण भएको ३१ दिनपछि ऐन कार्यान्वयनमा आउने व्यवस्था रहेको छ । जसअनुसार यो ऐनमा भएको व्यवस्था अनुसार समिति प्राधिकरणमा रुपान्तरीत भएको हो । सन् १९९२ मा स्थापना भएको समिति ३० वर्षपछि प्राधिकरणमा रुपान्तरण भएको हो ।

नयाँ बीमा ऐन कार्यान्वयनका लागि सबैले सहयोग गर्नु पर्ने प्राधिकरण (समिति) का अध्यक्ष सूर्य सिलवालले बताउँदै आएका छन् । अध्यक्ष सिलवालले सबै बीमा कम्पनी, सर्भेयर संघ, पेशागत बीमा अभिकर्तालाई ऐन कार्यान्वयनका लागि उनले सार्वजनिक कार्यक्रम बाटै निर्देशन समेत दिने गरेका छन् ।