Dhulikhel Eco Banner new

बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा वृद्धि भएको छ : अध्यक्ष सिलवाल

5.99K
shares

काठमाडौं, ३१ वैशाख । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा सम्बन्धी जनचेतनाको स्थर बढेको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना भएको प्रभातफेरी पछि बोल्दै अध्यक्ष सिलवालले पछिल्लो समय बीमा सम्बन्धी जनचेतनामा वृद्धि भएको बताएका हुन् ।

अहिले भएको बीमा सचेतनालाई बीमा कम्पनीहरुले आम जनतासम्म पुर्‍याउनु पर्ने उनको भनाइ थियो । बीमा प्राधिकरण र कम्पनीहरुको एउटै उद्देश्य हुनु पर्ने अध्यक्ष सिलवालको भनाइ थियो । ‘आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराएर बीमा सेवा पुर्‍याउने काममा कम्पनी र प्राधिकरणको एउटै उद्देश्य हुनु पर्छ,’ उनले भने ।

काठमाडौंको भद्रकालीबाट शुरु भएको प्रभातफेरी ¥याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरु, बिमा कम्पनी र पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।