Dhulikhel Eco Banner new

हिमालयन लाइफ इन्स्योरेन्सद्धारा १ करोड मृत्यु दावी भुक्तानी

6.05K
shares

काठमाडौं, २७ असार । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो ।

साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा तीन बर्ष अघि रु. १ करोडको जीबन बीमा गरेका देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमा नै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताइन् ।

कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।