शेयर बजारमा सुधार, कारोबार रकम ३ अर्ब १८ करोड
वि.सं.२०८० असार २७ बुधवार १५:१०
6.34K
shares
shares

काठमाडौं, २७ असार । कारोबारको चौथो दिन शेयर बजारमा सुधार आएको छ । आज शेयर बजारमा २५ अंकको सुधार आएको छ । आज २५ दशमलव ३१ अंकले सुधार आएर शेयर बजार परिसूचक २०९७ दशमलव ५५ विन्दुमा पुगेको छ ।
बुधबार २८९ कम्पनीका ८५ लाख ४ हजार ३७८ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव २८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९२ दशमलव १५ विन्दुमा पुगेको छ ।

















