हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा
वि.सं.२०८१ भदौ १३ बिहीवार १२:०१
3.17K
shares
shares

काठमाडौं, १३ भदौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विनय कुमार तोदीको नाममा रहेको उक्त शेयर १ लाख ९६ हजार ९७३ कित्ता संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
संस्थापक शेयरधनीहरूबाट आगामी ३५ दिनभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
यी शेयर खरीद गर्नृ इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

















