मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको एक कार्यकाल थपिने
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:५६
shares

काठमाडौं, २७ जेठ । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीका सञ्चालकको कार्यकाल एक वर्ष थप गर्ने भएको छ । समितिले बीमा कम्पनीको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै यस्तो बताएको हो । निर्देशिका तेस्रो पटक संशोधन गर्दै समितिले संञ्चालक तथा अध्यक्ष नियुक्त सम्बन्धी थप व्यवस्था गरेको हो ।
समितिले निर्देशिकाको दाफा ३ लाई संशोधन गर्दै मर्जरमा जाने बीमा कम्पनीहरुलाई सञ्चालक तथा अध्यक्ष नियुक्त गर्न थप एक कार्यकालको लागि छुट दिएको छ । बीमक गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्देशिका, २०७६ अनुसार बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरू गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृति लिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन दिइने भएको हो ।














