Dhulikhel Eco Banner new

बीमा विधेयक पारित

4.95K
shares

काठमाडौं, ३ असार । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ संसदको अर्थ समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले सो विधेयक पारीत गरेको हो ।

२०७५ असार २७ मा दर्ता भएको विधेयक लामो समय पछि समितिबाट पारित भएको हो । उक्त विधेयक समितिले पारित गरेर प्रतिनिधिसभामा पठाउने छ । सभाले अनुमोदन गरेपछि यो विधयक कार्यान्वयनमा आउने छ ।

उक्त बीमा बिधेयक पारित भएपछि बीमा समिति प्राधिकरण बन्ने भएको छ । बीमा विधेयक पारित भएपछि पनि बीमा समितिका अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने भएका छन् । यसअघि उक्त विधेयक पारित भएपछि अध्यक्ष र सञ्चालकले निरन्तरता पाउने वा नपाउने भन्नेमा सबैको चासो रहेको थियो ।