लाभांश पारितको प्रस्तावसहित लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा
वि.सं.२०७९ असार ८ बुधवार १९:२७
shares

काठमाडौं, ८ असार । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारणसभा असार २९ गते गर्ने भएको छ ।
कम्पनीले सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान, डिल्लीबजारमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले अधिकृत पूँजी हाल रू. १ अर्ब २५ करोडबाट वृद्धि गरेर रू. ३ अर्ब पु¥याउने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १५ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

















