यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८२ असार १६ सोमवार ०९:२२
shares

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा कायम भएको छ ।














