Dhulikhel Eco Banner new

एनएलजी इन्स्योरेन्सले कमायो १ करोड १० लाख खुद नाफा

2.56K
shares

काठमाडौं, २८ माघ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ८५.१८ प्रतिशतले घट्न पुगेको तथ्यांकले देखाएको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६७ करोड ७ लाख रुपैयाँबाट १६.६४ प्रतिशतले बढेर ७८ करोड २३ लाख रुपैयाँ पुग्दा कुल खर्च ५६ करोड ५ लाख रुपैयाँबाट ३६.७६ प्रतिशतले बढेर ७६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले अभिकर्तालाई दिने कमिशन पनि २ करोड ७२ लाख रुपैयाँबाट १९.२४ प्रतिशतको वृद्धि गरी ३ करोड २५ लाख रुपैयाँ पुर्याएको छ।

गत आवको पुस मसान्तसम्म ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आवको सोही अवधिमा १.८९ प्रतिशतको वृद्धि सहित ४५ करोड १९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार ३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँबाट ४६.३९ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर आम्दानी ९.६८ रुपैयाँबाट घटेर ०.८६ रुपैयाँमा झरेको छ। सोल्भेन्सी अनुपात ३।४२ प्रतिशतबाट बढेर ४.२४ प्रतिशत कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ रहेको कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ७१ लाख रुपैयाँ र जगेडा कोषमा २२ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ९ अर्ब ८७ करोड रुपैयाँभन्दा माथि रहेको छ।