Dhulikhel Eco Banner new

गुहेश्वरी मर्चेन्ट बैंकिङ्गको सीईओमा अधिकारी नियुक्त

3.16K
shares

काठमाडौं, १० फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जलज कुमार अधिकारी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको शनिवार बसेको बैठकको निर्णयले उनलाई सीईओको जिम्मेवारी दिइएको हो । अधिकारीको नियुक्ति फागुन ११ गतेदेखि लागू हुने जनाइएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्तीय संस्थाका रूपमा सञ्चालनमा रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले नयाँ नेतृत्वमार्फत संस्थाको व्यावसायिक गतिविधि थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।