Dhulikhel Eco Banner new

आईपीओ निष्काशन गर्दै बेनी हाईड्रोपावर

2.38K
shares

काठमाडौं, १५ फागुन । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। आगामी चैत १ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँको १०० अंकित दरका १० लाख ४० हजार कित्ता साधारण सेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत)
शेयर, आयोजनाको प्रभावित क्षेत्रको लागि निष्काशन गरी बिक्री वितरण गरिने छ ।

साथै, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको बासिन्दाहरुलाई शेयर बाँडफाँड गरे पश्चात् सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँ रकम बराबरको १०० अंकित दरका १० लाख ४० हजार कित्ता शेयर मध्ये १ लाख ४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गर्न प्रारम्भिक निष्काशन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।