‘नबिल दिगो बैंकिङ’ले पुरा गर्यो एक वर्षको यात्रा
वि.सं.२०७९ असार १५ बुधवार १७:४३
shares

नबिल दिगो बैंकिङले एक वर्षको यात्रा पुरा गरेको छ । २०७८ धान दिवसको दिनबाट सुरु गरेको उक्त कम्पनी एक वर्ष पुरा गरेको हो । नबिल बैंक मात्र नभएर सिङ्गै नेपाली बैंकिङ जगतमा ‘नबिल दिगो बैंकिङ’ एक नवीन पहलको रूपमा स्थापित भएको कम्पनीको भनाई छ ।
हाइड्रोमा लगानी गन, सहुलियत कजा दिने, दिगो बैंकिङको अभ्यास गर्ने, नबिल किसान कजा, नबिल उद्यमशील कजा प्रदान गर्दै आएको छ ।
आफ्ना १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जा अन्तर्गत २०७९ जेष्ठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करीब ४१ करोड कर्जा उपलब्ध गराएको छ । ती मध्ये करीब ६००० महिलाहरू रहेका बैंकले जानकारी दिएको छ ।
सन् २०१८ देखिनै एक करोड भन्दा बढी ऋण सुविधा लिने र कमर्शियल लीजिङ, टर्म फाइनान्स वा प्रोजेक्ट फाइनान्स मध्ये कुनै पनि सुबिधा प्राप्त गर्ने ग्राहकहरूमा ‘एनभारोमेण्ट एण्ड सोसल रिस्क ड्यु डिलिजेन्स’ (भ्क्म्म्) सञ्चालन गरिरहेको बैंकले बताएको छ ।
बैंकको दिगो भविष्यतर्फ अगाडि बढ्न बैंकले आषाढ १५, २०७८ बाट ‘नबिल स्टाफका लागि दिगो अभ्यासहरू’ योजना पनि ल्याएको कम्पनीले उल्लेख गरेको छ ।
नेपालमै पहिलोपटक कृषि प्राविधिकलाई कृषि ऋणको प्रावधान पनि बैंकले प्रारम्भ गरेको बताएको छ । यसका अतिरक्त ‘नबिल दिगो बैंकिङ’को वार्षिकोत्सव र राष्ट्रिय धान दिवसको अवसरमा नबिल बैंकले एक हप्ता लामो ‘नविन ग्रिन वूइक’ आषाढ १५ बाट सुरु गर्न लागेको बैंकले जानकारी दिएको छ ।













