धनगढी दीपायल द्रुतमार्गमा दुई पक्की पुल निर्माण
वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०८
3.73K
shares
shares

काठमाडौं, ६ चैत । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।
सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।
पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीेले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए ।















