दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार २२ सोमवार १५:१८
shares

काठमाडौं, २२ असार । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.२९ अंकले घटेर २६२७.११ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ५५ करोड कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १३.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ११.६४ प्रतिशतका दरले गुमाएका छन् भने खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९.७२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि एनआईबिएल स्टेबल फन्डका लगानीकर्ताले ७.५३ प्रतिशतका दरले गुमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ६.४५ प्रतिशतका दरले गुमाएका छन् ।



















