शेयर बजारमा ३ अर्ब ५५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ असार २२ सोमवार १५:२६
1.22K
shares
shares

काठमाडौं, २२ असार । शेयर बजारमा ३ अर्ब ५५ करोड कारोबार हुँदा नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चरको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ५३ करोड ९४ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन सेन्ट्रल फाइनान्सको १५ करोड ५७ लाख रुपैयाँ कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ८४ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरि अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ९ करोड ८३ लाख रुपैयाँको कारोबार हुदा ग्लोबल आइएमई बैंक लिमिटेड डिबेन्चर २०८६.८७को ८ करोड ६५ लाख रुपैयाँ कारोबार भएको छ ।



















