पाँच वर्षदेखिको नगद लाभांश लिन नबिल बैंकको शेयरधनीलाई आग्रह
वि.सं.२०८३ साउन २५ सोमवार १२:०४
shares

काठमाडौं, २५ साउन । नबिल बैंकले पाँच वर्ष पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सम्बन्धित शेयरधनी तथा हकवालालाई यथाशीघ्र सम्पर्क गर्न आग्रह गरेको छ।
बैंकका अनुसार कतिपय शेयरधनीले लामो समयदेखि आफ्नो नाममा रहेको लाभांश लिन बाँकी रहेको पाइएको छ।सम्बन्धित शेयरधनी वा निजका हकवालाले बैंकको शेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा रहेको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
बैंकले साविक युनाइटेड फाइनान्स र नेपाल बंगलादेश बैंकका शेयरधनीमध्ये आर्थिक वर्ष २०७६र७७ सम्मको वार्षिक साधारणसभाबाट पारित नगद लाभांश बुझ्न बाँकी रहेकालाई रकम लिन आग्रह गरेको हो।आर्थिक वर्ष २०७६र७७ सम्मको वितरण नभएको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको भए पनि सम्बन्धित शेयरधनीले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम माग गर्न सक्ने बैंकले जनाएको छ।
यसैगरी आर्थिक वर्ष २०८१र८२ सम्मको नगद लाभांशसमेत बुझ्न बाँकी भएमा सम्बन्धित शेयरधनीलाई सो रकमसमेत बुझिलिन बैंकले आग्रह गरेको छ।बैंकले लामो समयदेखि नलिइएको लाभांश सम्बन्धित लगानीकर्ताको हकमा सुरक्षित रहेको जनाउँदै आवश्यक कागजातसहित शेयर रजिस्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।














