सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ साउन २५ सोमवार १५:१४
shares

काठमाडौं, २५ साउन । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ९.०४ अंकले बढेर २६४१.०५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६७ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ४.६१ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि माथिल्लो हेवाखोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ४.४७ प्रतिशतका दरले कमाएका छन् भने एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ३।९३ प्रतिशतका दरले कमाएका छन् ।













