शेयर बजारमा ३ अर्ब ६७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ साउन २५ सोमवार १५:२८
169
shares
shares

काठमाडौं, २५ साउन । शेयर बजारमा ३ अर्ब ६७ करोडको कारोबार हुँदा सोलु हाइड्रोपावर लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४६ करोड ३७ लाखको कारोबार भएको हो ।
यसदिन रिडी पावर कम्पनी लिमिटेडको २९ करोड २७ लाखको कारोबार हुँदा फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ करोड ४५ लाखको कारोबार भएको छ ।
त्यसैगरि सप्तकोशी विकास बैंक लि को ९५ करोडको कारोबार हुँदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको ८६ करोड ५३ लाख रुपैयाँ कारोबार भएको छ ।













