Dhulikhel Eco Banner new

बढ्दै कोरोना संक्रमण, शनिबार १०२ जनामा संक्रमण पुष्टि

4.8K
shares

काठमाडौं, २५ असार । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेदै गएको छ । शनिबार मात्रै नेपालमा १०२ जनामा कोरोना संत्रक्रमण पुष्टि भएको हो ।

शनिबार थपिएका संक्रमितसँग नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६०० जना नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

२ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । २४ घण्टामा ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।