Dhulikhel Eco Banner new

बाढीपीडित विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिने 

247
shares

काठमाडौं, १४ भदौ। काठमाडौं मेडिकल कलेजले बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ ।

बाढीका कारण आर्थिक संकटमा परेपछि उपचारमा कठिनाइ उत्पन्न भएको अवस्थामा बिरामीको अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगस्वरूप निःशुल्क प्रत्यारोपण गर्ने निर्णय गरिएको काठमाडौं मेडिकल कलेजले जनाएको छ । विष्णुकुमारीका श्रीमान् राजकुमार डंगोल हुन् ।

अस्पतालका अनुसार बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च काठमाडौं मेडिकल कलेजले व्यहोर्नेछ ।

कलेजले विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको उपचारमा सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ ।