हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
वि.सं.२०८३ असोज २८ बुधवार ११:१५
shares

काठमाडौँ, २८ असोज । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९, एचआईडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब ७:३० बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.४२ प ७२८३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ग.१ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ७:५५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी तथा ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको छ।


















