Dhulikhel Eco Banner new

भिजन लुम्बिनीको ३.६८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

416
shares

काठमाडौं,१३ कार्तिक। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको लाभांश प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन चाहने सेयरधनीका लागि आज (कात्तिक १३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आगामी कात्तिक १६ गते सोमबार एक दिनका लागि सेयर दाखिला खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

यससँगै आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहने सेयरधनीले कम्पनीको साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आगामी मंसिर ३ गते बिहीबार रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित दियालो फुडल्याण्ड कालिकानगर प्रा.लि.मा आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान ९ बजे सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.६८४२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

त्यसैगरी, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नेछ ।