राप्ती हाइड्रोको आईपीओ भर्ने भोलि अन्तिम दिन
वि.सं.२०७९ असार ३२ शनिवार ०८:४३
shares

काठमाडौं, ३२ असार । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओमा आवेदन दिने आज आन्तिम दिन रहेको छ । बुधबारदेखि बिक्री खुल्ला भएको १०० अंकिति कम्पनीको आईपीओको लागि भोलि साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्कासन बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता शेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।















