आज बैंक खुला रहने
वि.सं.२०७९ असार ३२ शनिवार ०९:००
shares

काठमाडौं, ३२ असार । चालू आर्थिक वर्षको अन्तिम दिन आज बैंकहरु खुल्ला रहने भएका हुन् । आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा बैंक तथा वित्तीय संस्थाहरु खुल्ला राख्नका लागि नेपाल राष्ट्र बैंकले निर्देशन दिने गरेको छ ।
शुक्रबार नै राष्ट्र बैंकले आजका लागि बैंकका सबै शाखाहरु खुल्ला राख्नका लागि निर्देशन दिएको थियो । राजश्व बुझाउनका लागि समस्या नहोस् भन्नका लागि बैंकहरु शनिबार पनि खुल्ला रहने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले हरेक वर्ष आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा वा २५ गते पछाडि शनिबार परे शाखा कार्यालय खुल्ला राख्नका लागि निर्देशन दिदै आएको छ ।















