Dhulikhel Eco Banner new

आर.के.डी होल्डिंग्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

936
shares

काठमाडौँ, ३ असार । आर.के.डी होल्डिंग्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २८ गते तनहुँमा रहेको बन्दीपुर केबलकार प्राङ्गणमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा प्रिमियम मूल्यमा कम्पनीको आईपीओ जारी गर्ने, लगानी सम्बन्धी निर्णय लिने, सञ्चालक समितिहरुको निर्णय अनुमोदन गर्ने र आठौँ साधारण सभाबाट पारित भएको आईपीओ निष्कासनको प्रस्तावलाई ग्रहण गरी नियामक निकायटमा स्वीकृतीका लागि पेश गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिका सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।