Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

741
shares

काठमाडौं, ३ असार । बुधवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ०.०८ अंकले बढेर २७०५.५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२६ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ३ अर्ब ६३ करोड कारोबार भएको हो ।

झिनो अंकले बढेको शेयर बजारमा एनएमबी डिबेन्चर १०.७५ प्रतिशत २०८९/९०का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.६४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि १० प्रतिशत प्राइम डिबेन्चर २०८८का लगानीकर्ताले ४ं.९८ प्रतिशतका दरले गुमाएका छन् भने ८.५प्रतिशत एसबिएलडि डिबेन्चर २०८४का लगानीकर्ताले ४.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि डोल्टी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले गुमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ३.२४ प्रतिशतका दरले गुमाएका छन् ।